मोरङ जिल्ला, बिराट चोककी अनु गिरीको आवाज निकै नै सुमधुर छ । दुई सन्तानकी आमा अनुको श्रीमान सुवास गिरी शसस्त्र प्रहरी बलमा सब(इन्सपेक्टर हुनुहुन्छ । गृहिणीको रुपमा परिवार र बालबच्चाको रेखदेख गरेर बसिरहेकी अनुको गीत रकेर्ड गर्ने चाहना छ । सबैको साथ पाए, आफ्नो उक्त इच्छा पुरा हुने उनको बिश्वास छ । सानै देखि आफ्नो आमाले गीत गाएको सुनेर हुर्किएकी अनु आमाको साथमै भजन गाउन हिड्ने गर्दथिन् । आमाले गाउँदा सँगै गाउने गरेरै उनलाई गायन अभ्यास भयो । आमा बितेर गएपछि कम उमेरमा बिहे गरेपछि अनु परिवारकै रेखदेख गर्न तिर लागिन् र उनको गायन प्रतिभा आउन सकेन ।
हामी इटहरी पुग्दा अनु हामीलाई भेट्न आईन् र आफ्नो गायकी सुनाईन् । उनी बियोगान्तक गीतहरुलाई निकै नै सुन्दर ढँगले गाउँछिन् । उनको आवाज अन्जु पन्त जस्तै छ भने उनलाई धेरैले अनुहार पनि अन्जु पनत सँग मिल्ने बताउँछन् । नेपाल आईलको दोस्रो सिजनमा पुगेर हार खाएपछि उपछि उनी परिवारमै सिमित रहिन् । शिशिर भण्डारी सँगको कुराकानीमा अनुले आफ्ना मनका बहहरु यसरी खोलिन् । भिडियो हेर्नुस