वास्तविक जीवनमा भुन्टी र मुकुली दिदी बहिनी रहेछन । आशा खड्काले ‘मुकुली’लाई दिईन्, यस्तो उपहार (भिडियो हेर्नुस)



लोकप्रिय सिरियल भुन्टीका एपिसोडहरु यतिबेला चर्चामा छन् । भुन्टीको कथा अनुसार कलाकार आशा खड्काले सिरियल भित्र निकै दुख पाउँछिन् । आफ्नो जीवनमा धेरै दुख पाईरहँदा भुन्टीलाई झनै दुख दिने पात्र हुन् मुकुली । मुकुली भुन्टीलाई देखि सक्दिनन् । भुन्टीको काममा अवरोध थाप्न मुकुली अनेक नराम्रा कामहरु गर्न अगाडि सर्छिन् तर वास्तविक जीवनमा भुन्टी र मुकुली अर्थात आशा खड्का र रिता सिवाकोटीको सम्बन्ध निकै नै सुमधुर छ ।

कलाकारितामा सँघर्ष गरेको समयदेखिकै आशा र रिताको सम्बन्ध हो । कुनै समय ए ठाउँदेखि अर्को ठाउँ जान भाडा नहुँदा बस चढ्ने रहर हुन्थ्यो । त्यो समयमा अनेक अनुभव समेटियो । रातभरी सँगै बसेर रोएका क्षणहरु पनि छन् । पछिल्लो समय रिता हस्पिटमा छटपटाईरहदा लकडाउनमा पनि टाढा बाट आएर आशा सँक्रमित रितालाई च्यापेर रोईन् । यसरी हेर्दा दिदी बहिनीको सम्बन्ध कहिले नछुट्ने रिता बताउँछिन् । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्