जम्मू-कश्मीरको वैष्णोदेवी मन्दिरमा भाडदौड मच्चिँदा १२ जनाको ज्यान गयो



नयाँ वर्षको अवसरमा माता वैष्णोदेवी मन्दिर भवनमा भागदौड हुँदा १२ जनाको ज्यान गएको छ । यो दर्दनाक घटनामा करिब १३ जना घाइते भएको बताइएको छ । अहिले राहत र उद्धारको काम भइरहेको छ । माता वैष्णोदेवीको यात्रामा पनि रोक लगाइएको थियो तर पछि अवस्था सामान्य भएपछि यात्रा सुचारु भएको थियो ।

घटना  रातिको २.४५ बजे कटराको भवन क्षेत्रमा भएको बताइएको छ । यो दुर्घटना गेट नम्बर ३ नजिक भएको हो । नयाँ वर्षको अवसरमा साँझदेखि नै मन्दिरमा ठूलो संख्यामा मानिसको भीड लागेको थियो । कोरोना प्रोटोकल अन्तर्गत भवन क्षेत्रमा यस्तो भागदौड कसरी भयो भन्ने प्रश्न उठिरहेको छ । प्रहरीका अनुसार भवन क्षेत्रमा दर्शनका लागि पुगेका केही व्यक्तिबीच आपसमा झ’ग’डा भएको थियो र  त्यसपछि झ’ड’प भएको थियो र स्थिति बिग्रिएको देखेर भागदौड म’च्चि’एको बताईएको छ ।

उही समयमा गाजियाबादबाट आएका एक प्रत्यक्षदर्शीले माता वैष्णो देवी भवन क्षेत्रमा दर्शन गरेपछि केही मानिसहरू त्यहाँ रोकिएकाले त्यहाँ भीड जम्मा भएको र मानिसहरूले बाहिर निस्कने ठाउँ नपाएको बताए। सानो ठाउँमा ठूलो संख्यामा मानिसहरु आउने–जाने गरेका थिए ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् प्रतिमृतक दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्