कृष्णबहादुर महराको १४ बर्ष पुरानो अर्को काण्ड बाहिरियो, माओवादीमा खैलाबैला !



काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पछिल्लो समय एमसीसी विरोधीको रुपमा देखा परेका छन् । तर उनै महराको १४ बर्ष पुरानो पोल अहिले खुलेको छ ।

आफुले एमसीसी टेबुल नगरेकै कारण सभामुख रहँदा षड्यन्त्र गरिएको सम्म महराले भनिसकेको छन् जबकी तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नु अघि परराष्ट्र मन्त्रीको हैसियतमा उनै महराले अमेरिकानै पुगेर एमसीसीको फाइनल ड्राफ्ट ओके गरेका थिए । त्यत्ति मात्रै होइन उनको अर्को कुरा पनि खुलासा भएको छ ।

तत्कालिन बिद्रोही माओवादी शान्ती प्रक्रियामा आइसके पछि पनि अमेरिकाले माओवादीलाई राजनितीक शक्तिको मान्यता दिन नमाने पछि महरालेनै हस्ताक्षर गरेर माओवादीको लेटरहेडमा १४ बर्ष अघि अमेरिकाले भनेका सर्तहरु मान्न तयार छौँ भनेर अमेरिकी दुतावासमा निवेदन हालेको खुलासा भएको छ ।

जनयुद्ध अवधिभर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्वाद मुर्दावाद भनेर माहोल बनाए पनि माओवादीका शिर्ष नेताहरु इण्डीयामै बसेर नेपालमा जनयुद्ध चलाएको त प्रमाणित नै भइसकेको छ । अमेरिका सँग पनि उसले भनेका सर्तहरु मान्न तयार छौ भनेर महरालेनै हस्तारक्षर गरेर नेपाल स्थित अमेरिकी दुतावासमा निवेदन हालिएको तथ्य बाहिर आएको छ ।

विद्रोहबाट माओवादी शन्ति प्रक्रियामा आइसके पछि माओवादीलाई अन्तराष्ट्रिय शक्ती सँग सम्बन्ध स्थापित गराउँन प्रमुख भूमिका खेलेका डा केवि रोकायाले यस विषयमा विस्तृत खुलासा गरेका छन् । माओवादीले अमेरिका सँग लिखित हस्ताक्षर सहित निवेदन दिँदाका साक्षी मात्रै होइन संलग्नकर्ता रोकायाको खुलासाले ठूलो तरंग जाने अवस्था आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्