पाल्पामा मलामी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, घाइतेको अवस्था यस्तो छ




काठमाडौ । पाल्पामा आइतवार राती भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा घटनास्थलमै ७ जनाको निधन भएको थियो भने एक जनाको उपचारका लागि लैजादै गर्दा निधन भएको बताइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी दिएका छन्। उनका अनुसार मृ त कको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना ग म्भी र घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ। फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्