धनुषामा गो ली च’ल्यो २ प्रहरी सहित ७ जना घाइते




काठमाडौ । धनुषामा गो ली च’ल्दा ५ जना घाइते भएका छन् । जनमत पार्टीका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा यस्तो घटना भएको हो । पूर्व(पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले चलाएको गो ली ले ५ जना घाईते भएका छन् ।

आइतबार बिहानैदेखि सडक जाम गरी जनमत कार्यकर्ता बसेका थिए । वाटो खुलाउने क्रममा घटना भएको हो । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ रा उ ण्ड रबरको गो ली र १६ रा उ ण्ड अ श्रु ग्यास प्रयोग गरिएको हो ।

रबरको गो ली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएको प्रहरीले स्वीकार गरेको छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।यस्तै घटनामा क्रममा नेपाल प्रहरीका एक जना र स श स्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

प्रहरीले बल प्रयोग गरेर बन्द रहेको सडकखण्ड भने खुलाएको छ । किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झ ड प हुँदै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्