कोइराला परिवारमा शोक गीरिजाप्रसाद कोइरालाका सहयोगी पनि थिए ज्योती



काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका भाइ तारिणीप्रसाद कोइरालाका छोरा ज्योति कोइरालाको निधन भएको छ। क्या न्स रबाट ग्रसित ज्योतिको ७४ वर्षको उमेरमा बौद्धस्थित निवासमा शनिबार राति निधन भएको हो।

ज्योतिको गएराति निधन भएको पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाकी नातिनी तथा कांग्रेस नेतृ ऋचा कोइरालाले पुष्टि गरेकी छन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका ज्योति काका गिरिजाप्रसाद कोइरालाको व्यवहारका कारण विरक्तिएका थिए।

२०४८ सालको आम निर्वाचनपछि गठित सरकारमा गिरिजाप्रसादका निकट सहयोगी रहेका उनी राजनीतिबाट गुमनामजस्तै थिए। ज्योति संविधानसभाको पहिलो निर्वाचन अघि तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। तर, केही समयपछि नै उनी पुनः कांग्रेसमा फर्किएका थिए।

ज्योतिका बुवा तारिणीप्रसाद प्रजातान्त्रिक रेडियो नेपालका संस्थापक मानिन्छन्। पञ्चायत कालमा उनी सञ्चारकर्मी र प्रेस व्यवसायीको भूमिकामा थिए।
ज्योतिकी आमा रोशाले पञ्चायती व्यवस्थामा प्रजातान्त्रिक आन्दोलनका बेला कांग्रेसका नेताहरुलाई गरेको सहयोग अतुलनीय रहेको बीपीको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ मा उल्लेख छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्