कांग्रेस सभापति र प्रशासकीय अधिकृत नै जुवाको खालमा


banner

काठमाडौ । कानुन पालना गर्नुपर्ने ब्यक्ति नै उल्लंघनमा उत्रिए के हुन्छ होला ? अरुलाई कानुनको पालना गराउने प्रशासकीय अधिकृत नै जुवाको खालवाट पक्राउ परेका छन् । उनी सहित वडाअध्यक्ष र अन्य केही पनि पक्राउ परेका छन् । जनताको काम गर्नुपर्ने जनप्रतिनिधि र कानुनको पालना गर्ने अधिकृत नै खालमा फेला परेका हुन् ।

जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, वडाध्यक्ष शशी बुढा सहित १३ जना जुवाखालबाट समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरेको हो। । घर्तीसँगै नेपाली कांग्रेसबाट विजयी त्यही नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शशी बुढा पनि जुवाखालबाट पक्राउ परेका हुन्। उनी कांग्रेस भेरी नगरपालिका सभापति पनि हुन्।

जुवाडेहरुको साथबाट २ लाख नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुले जुवा खेल्न मोबाइल बैंकिङ पनि प्रयोग गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्