पत्रकारको यस्तो परिचयपत्र बोक्नेसंग प्रहरीले फेला पार्यो यस्तो चिज, उड्यो होस



काठमाडौ । पत्रकारको परिचयपत्र बोक्नेसंग प्रहरीले यस्तो वस्तु फेला पार्यो उनी तत्काल पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको नरेफाँट तरकारी बजारस्थित सडकखण्डबाट पत्रकारको परिचयपत्र बोकेका एक जनालाई पक्राउ गरेको छ । उनीसंग ड्रग फेला परेको हो ।

पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका(४ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका(११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर सुरेश भट्टको कमाण्डमा गएको प्रहरी टोलीले तामाङलाई विभिन्न ३ प्रकारका ड्रग बोकेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले रोक्न खोजेपछि उनी शंकास्पद गतिविधि गरेर भा ग्न खोजेका थिए। तामाङले युगान्तर मिडिया प्रालिको प्रेस लेखिएको परिचयपत्र बोकेका थिए । पत्रकार परिचयपत्र, मोबाइल २ थान र ला गु औषधसहित उनलाई हाल महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्