कैयौँ चु’म्ब’न दृश्य दिएका इमरान विद्यालाई चुम्दा किन डराए ?




बलिउडको ‘सिरियल कि’स’र’ का रुपमा परिचित अभिनेता इमरान हाशमीले आफू एक अभिनेत्रीलाई चु’म्ब’न ग’र्न निकै डराएको खुलासा भएको छ । फिल्म ‘घनचक्कर’मा अभिनेत्री विद्या वालनलाई चुम्बन गर्न उनी निकै डराएका थिए । त्यही डरका कारण उनले विद्यालाई पटकपटक एउटै प्रश्न सोधिरहन्थे ।

इमरान र विद्याले फिल्म ‘घनचक्कर’मा कैयौँ चु’म्बन दृ’श्य दिएका छन् । विद्यालाई चु’म्ब’न ग’र्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चु’म्थे । ‘घनचक्कर’मा माहौल ठीकविपरीत देखियो ।

अभिनेत्री नेहा धुपियाको च्याट शोमा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चु’म्बन दृ’श्य दिँ’दा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए । ‘सिद्धार्थले के भन्लान् ? के तपाईंलाई लाग्छ कि उनले मेरो पेमेन्ट चेक दिन्छन् ?’ चु’म्ब’नपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए ।

विद्याले आफूलाई इमरानले किन यस्तो प्रश्न सोधिरहन्छ भनेर अन्यौल भएको बताएकी छन् । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् ।

इमरानले फिल्मी करियरको सुरुवात सन् २००३ मा विक्रम भट्टको फिल्म ‘फुटपाथ’बाट सुरु गरेका थिए । यो फिल्ममा उनीसँगै आफताब शिवदासानी र बिपाशा बसुको पनि अभिनय थियो । यो फिल्मबाट चु’म्ब’न दृश्य दिन थालेका इमरानले त्यसपछिका सबै फिल्ममा चु’म्ब’नलाई छुटाएनन् । त्यहीकारण उनलाई बलिउडको ‘सिरियल कि’स’र’ उपमा दिइयो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्