श्रीमान-श्रीमती नै माओवादीको केन्द्रीय सदस्य बन्न पाउने यि हुन् भाग्यमानी जोडी (सूची सहित)




काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा एकै घरका श्रीमान्(श्रीमती नेताहरूको पनि उपस्थिति छ। खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान्(श्रीमती नै केन्द्रीय कमिटीमा छन्। शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी छन्।

साथै गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा समेटिए। खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनको श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन्। पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा परेका छन्। वर्षमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्दा उनको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्।

कुलप्रसाद केसी र ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य भए। केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन्। साथै कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बने। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन्।

पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय सदस्य भएका छन्। बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

त्यस्तै देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय सदस्य भए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बने। उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी छन्। साथै दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य भए। नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय सदस्य भए। पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बने।

साथै देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय सदस्य भए। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएका हुन्। माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्