H#JG^*8XPo32Fd

एक बोतल र क्सी राखेर पञ्चसामु गायक राजेश पायल राई आ’क्र’मण गर्ने शेर्पाले मागे माफी




काठामाडौ । केही दिन यता गायक राजेश पायल राई चर्चामा छन् । अमेरिकामा कार्यक्रममा सहभागी हुन पुगेका पायल माथि भएको एउटा घटना चर्चामा आएको छ । उनका एक जना फ्यानले स्टेजमै चढेर पायल माथि गरेको एउटा घटना सार्वजनिक भएपछि चर्चामा आएका हुन् । तर अहिले त्यो विवाद विस्तारै सेलाउँदै गएको छ ।

भिडियो सार्वजनिक भएपछि केहीले पायल माथि ह म ला भएको बुझे । तर फ्यानले गायक राजेश माथि माया दर्शाएका हुन् । उनले राजेशलाई स्टेजमै पुगेर अंगालेका थिए । गीत गाउन नै अप्ठेरो हुने गरी उनले अंगालेको भिडियो सार्वजनिक भएको थियो । गायक राईमाथि त्यसरी माया दर्शाउने दावा पासाङ शेर्पाले माफि मागेका छन् । आफुले राजेशलाई माया देखाएको भएपनि त्यसले गलत बुझिन गएकाले माफी मागेका छन् ।

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा केही अगुवाहरुको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल र क्सी राखेर क्षमा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले ग ल्ती गरे समाज (पञ्च) सामू एक वोतल र क्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने मान्यता छ । उनले सोही अनुसार माफी मागेका हुन् । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ । उनले आफु राजेशको निकै ठूलो प्रशंसक भएको बताएका छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्