कोईराला परिवार शोकमा ! काङ्ग्रेसका नेताहरु आर्यघाट पुगे



काठमाँडौ । तारिणीप्रसाद कोइरालाका छोरा ज्योतिको निधन भएको छ । क्या न्स र भएका उनले गएराति निधन भएको जानकारी डा. शशांक कोइराला स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ज्योति कृष्णप्रसाद कोइरालाका नाति हुन् ।

कृष्णप्रसादका मातृका, बिपी, केशव, गिरिजा र तारिणी कोइराला छोराहरू हुन् । अरू दाजुभाइका सन्तान राजनीतिमा भए पनि तारिणी र उनका सन्तान भने राजनीतिमा सक्रिय भएनन् ।

तारिणी लेखक तथा पत्रकारका रूपमा चर्चित छन् । स्वर्गीय ज्योतिका दुई छोरी छन् । कोइरालाको आइतबार बिहान पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा कोइराला परिवारका डा. शेखर कोइराला, डा शशांक कोइराला, मनीषा कोइराला, प्रकाश कोइराला, कमल कोइराला तथा कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेता एवम् कार्यकर्ताहरूको सहभागी थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्