H#JG^*8XPo32Fd

यसरी मिल्यो गठबन्धन दलको राष्ट्रिय सभामा भागवण्डा, एमालेलाई फेरी घाटा




काठमाडौं। सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यमा भागवण्डा गरेका छन् । सोमवार बसेको बैठकले भागवण्डा मिलाएका हुन् । सोमबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बसेको थियो ।

राष्ट्रिय सभाको निर्वाचन आगामी १२ माघमा हुँदैछ । त्यसका लागि भागवण्डा मिलाउन सत्तारुढ दलको बैठक बसेको हो । आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ। आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ। एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्