आँगनमा श्रीमानको शव देख्ने वित्तिकै श्रीमतीले पनि छोडिन् संसार, छोरीहरुले एउटै चितामा गरे अन्त्यष्टि



काठमाडौ । लामो समय संगै विताएका श्रीमानको शव देख्ने वित्तिकै श्रीमतीले पनि संसार छोडिन् । उनले श्रीमानलाई गुमाएको पी डा सहन गर्न सकिनन् । उनीहरुका छोरा थिएनन् । विवाहित छोरीहरुले आमा र बुवाको अन्तिम संस्कार गरे । यो घटना राजस्थानको नागौरमा भएको हो । श्रीमानको शव देख्ने वित्तिकै श्रीमतीले पनि संसार छोडेकी हुन् । ५८ वर्षअघि दुवैको विवाह भएको र यति लामो समय सँगै बसेको आ घा त उनले सहन नसकेको बताइएको छ ।
७८ वर्षीय वृद्धलाई श्वासप्रश्वासमा समस्या थियो
परिवारका अनुसार ७८ वर्षीय वृद्धलाई केही दिनदेखि सास फेर्न समस्या भइरहेको थियो । शनिबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि पहिले नागौर र त्यसपछि जोधपुर लगिएको थियो, जहाँ उनको बिहान चार बजे मृत्यु भएको थियो । बिहान ८ बजे शव घर पुग्यो । शव देखेपछि श्रीमती स्तब्ध भइन् र संधैका लागि अस्ताइन् ।

विवाहित छोरीहरूले गरे अन्तिम संस्कार
परिवारका सदस्यहरुका अनुसार वृद्ध दम्पतीको छोरा छैन । दुई छोरी मात्र छन् । जसका कारण दुवै छोरीले बुवा आमाको पार्थिव शरिरलाई काँध दिए । एउटै चि ता मा मातापिताको अन्तिम संस्कार गरे ।

गाउँले भन्छन्–दुवैको अटुट माया थियो
मृ त क रानाराम सेनको करिब ५८ वर्षअघि भंवरीदेवीसँग विवाह भएको थियो । दुवैबीच अतुलनीय प्रेम रहेको गाउँलेहरुले बताएका छन् । दुवैजना सधैं सँगै बसे र अहिले सँगै संसार छाडेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्