प्रधानमन्त्रीकी पूर्वपत्नीको कारमा अन्धाधुन्ध फायरिङ, रेहम खानले सोधिन्– के यही हो इमरान खानको नयाँ पाकिस्तान ?




एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानको कारमा अज्ञात व्यक्तिले आ क्र म ण गरेका छन् । यस ह म लाको जानकारी रेहम खानले आफैंले ट्वीट गरेर दिएकी छन् । रेहम खानका अनुसार भतिजाको बिहेमा सहभागी भएर फर्कने क्रममा घटना भएको हो ।

सौभाग्यवश रेहम खान जोगिइन् । रेहमले सरकारविरुद्ध ट्विट आ क्रो स ब्यक्त गरेकी छन् । रेहम खानले इमरान खानलाई सोधिन्, के यही इमरान खानको नयाँ पाकिस्तान हो ? कायर, ठ ग र लोभी जनताको राज्यमा स्वागत छ

अर्को ट्वीटमा रेहम खानले लेखेकी छन्, ‘म पाकिस्तानमा सामान्य पाकिस्तानी जस्तै बाँच्न र म र्न चाहन्छु । ममाथि कायरतापूर्ण ह म ला होस् वा बिच बाटोमा कानुनको उल्लंघन होस्। यि सबै घटनाको सरकारले यसको जिम्मेवारी लिनुपर्छ। देशको लागि जे गर्न पनि तयार छु ।

रेहम खानलाई यसअघि पनि भएको थियो घटना
यसअघि रेहम खानले इमरान खानलाई भोट कमाउन इस्लामको प्रयोग गरेको र पाकिस्तानमा बढ्दो घटनामा महिलाको लुगाको बारेमा इमरान खानको विवादास्पद बयानलाई पनि नि शा ना बनाएकी थिइन्। रेहम खानले पनि इमरान खानलाई पा ख ण्डी भनेका छन् । साथै, रेहम खानले डिभोर्सलाई लिएर इमरान खानको खि ल्ली उडाएकी छिन् । रेहम खानले भनेकी छिन्, ‘दुईपटक डिभोर्स गर्ने व्यक्तिले पनि यसबारे आफ्नो स्पष्टीकरण दिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्