नेपाल आइडलका सन्ध्या र उल्सन बिवाह बन्धनमा बाधिदै, दुई वर्षदेखी थिए प्रेममा


banner

काठमाडौं-नेपाल आइडल प्रतियोगी उल्सन श्रेष्ठ र सन्ध्या जोशी विवाह बन्धनमा बाधिने भएका छन् । नेपाल आइडल चलिरहेकै बेला प्रेममा परेका यि दुई चाडै नै बिबाह बन्धनमा बाधिन लागेका हुन् ।

यी दुई यही माघ २७ गते विवाह गर्ने तयारीमा रहेको बताइएको छ । २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले तरकारी , सुस्त लगायत गीतमा एक साथ स्वर दिएका छन् । आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए ।

त्यस्तै, विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गराएमा कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, अठार वर्ष पूरा भई बीस वर्ष उमेर नपुगेको व्यक्तिले आफ्ना संरक्षकको सहमति लिई विवाह गर्न सक्ने प्रावधान भने उक्त विधेयकमा रहेको छ।

बाबुआमा तथा ज्येष्ठ नागरिकको अधिकारलाई सुनिश्चित गर्ने नयाँ व्यवस्थासहित विधेयकमा उनीहरुको हेरचाह, खानपिन, स्वास्थ्य उपचारको व्यवस्था गर्नु सन्तानको दायित्वका रुपमा राखेको छ । सन्तानले आवश्यक हेरचाह र पालन पोषण नगर्दा कतिपय सभ्रान्त परिवारकै अभिभावक वृद्धाश्रम तथा सडकमा भौतारिएका अवस्थालाई दृष्टिगत गरेर राज्यले उनीहरुको हेरविचार र पालन पोषणको विषयलाई कानुनमै व्यवस्था गरेको बताइएको छ ।

कुनै नवजात शिशु, बालबालिका, अशक्त, रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जीउ, ज्यानमा खतरा पुग्ने गरी परित्याग गर्न वा बेवास्ता गरी छोड्न हुदैन यदि त्यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैँया जरिवाना हुने छ– विधेयकमा भनिएको छ ।

त्यस्तै देवानीसंहिता विधेयकमा बालगृहबाट विदेशीले नेपाली बालबालिकालाई धर्मपुत्र र धर्मपुत्री बनाएर लैजान पाउने व्यवस्थालाई निरुत्साहन गर्न विद्यमान कानुनमा सुधारको व्यवस्था गरिएको छ । विधेयकमा पैतृक सम्पतिमा छोरा र छोरीको समान हक रहने व्यवस्थालाई स्वीकार गर्दै विधेयकले गैरआवासीय नेपाली पैतृक अंशबण्डा र अपुतालीमा हक दाबी गर्न पाउने प्रावधान राखिएको छ । यो विधेयक कार्यान्वयनमा आएपछि निरअशी कोही पनि रहने छैनन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्