पहिलो पटक बेहुली घर आएपछि भागे बेहुला…



एजेन्सी । प्रेम विवाह गरेकी श्रीमतीलाई श्रीमानले आफ्नो घर लगेका थिएनन् । विभिन्न बहाना गरेर उनले आल टाल गर्दै आएका थिए । तर श्रीमतीलाई शंका लागेर उनी आफै श्रीमानको घर जाने निर्णयमा पुगिन् । तर जब उनी श्रीमानको घर गइन् श्रीमान बेपत्ता भए । यो घटना भारतको झारखण्डको गोड्डामा भएको हो । पहिलो पटक श्रीमानको घर गएकी बेहुली घरबाहिर धर्नामा बसेपछि बेहुला फरार भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर बेहुलीलाई प्रहरी चौकीमा ल्याएको थियो । सोधपुछका क्रममा युवतीले आफुले करिब ८ महिना अगाडि कान्हावारा गाउँका हरिराम साहसँग बिहे गरेको प्रहरीलाई बताइन् । तर बिहेपछि उनका श्रीमान हरिरामले उनलाई घर लैजान हिचकिचाउन थाले ।

यसैगरी आठ महिना बित्यो, त्यसपछि दुलही आफैं श्रीमानको घर जाने निधो गरीन् र श्रीमानको घर पुगिन् । तर श्रीमानका घरका परिवारले उनलाई स्वीकार गरेनन् । उनलाई घर भित्र प्रवेश गर्न दिएनन् । त्यसपछि उनी घरबाहिर धर्नामा बसिन् । नयाँ बेहुलीलाई धर्नामा बसेको देखेर गाउँका मानिसहरु जम्मा भएर मोबाइलबाट भिडियो बनाउन थाले । आफुलाई घरमा प्रवेश गर्न नदिनुको कारण उनले जान्ने कोशिष गरिन् । तर उनलाई कसैले केही भनेनन् ।

प्रहरीले दुलहीलाई प्रहरी चौकीमा ल्यायो
यसै क्रममा कसैले प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो । युवतीलाई सम्झाउने प्रयास गरेपछि उनलाई प्रहरी चौकी लगियो । घटनाका सम्बन्धमा गोड्डाका उप९विभागीय प्रहरी अधिकारी आनन्द मोहन सिंहले युवतीले मु द्दा दर्ता गर्न अस्वीकार गरेको बताए। उनी खुसीसाथ श्रीमानको घर जान चाहन्छिन् । बेहुलीलाई राख्न श्रीमानका परिवारहरु तयार नहुनुको कारण थाहा पाउने प्रयास भइरहेको छ ।

दुलही आफ्नो घर गइन्
सोही क्रममा प्रहरीले हरिराम साहका परिवारलाई प्रहरी चौकी बोलाएको छ । वेहुलालाई पनि बोलाइएको थियो तर, उनी प्रहरी चौकीमा आएनन् । सोही क्रममा बेहुलीले श्रीमानविरुद्ध लिखित उजुरी दिन अस्वीकार गरेको प्रहरीले जनाएको छ । यसपछि दुलही आफ्नो माइती घर गइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्