कोभिडका कारण ४५ दिन कोमामा पुगेकी यि नर्सको ज्यान भि’ए’ग्राले यसरी बचायो



एजेन्सी । कोरोनाका कारण कोमामा गएकी एक महिला नर्सलाई भि’ए’ग्रा’को प्रयोगबाट बचाइएको छ । पेशाले नर्स रहेकी ३७ वर्षीया मोनिका अल्मेडा ४५ दिनदेखि कोमामा थिइन् । डाक्टरहरुले भियाग्राको सहयोगमा उनलाई कोमाबाट बाहिर निकालेका थिए । यो अद्भुत प्रयोग मोनिकाका सहकर्मीहरूले गरेका थिए ।

‘द सन’ मा प्रकाशित समाचार अनुसार मोनिकालाई होश आएपछि उनले यसका लागि चिकित्सक र सहकर्मीलाई धन्यवाद दिएकी छन् । मोनिकालाई होशमा ल्याउन डाक्टरहरूले इरेक्टाइल डिसफंक्शन औषधि प्रयोग गरेका थिए ।

वास्तवमा, मोनिकाको अक्सिजनको स्तर आधाभन्दा बढीले घटेको थियो र यो कम हुँदै गइरहेको थियो। इङ्गल्याण्डको गेन्सबरो लिंकनशायर निवासी नर्स मोनिकाले भनिन्, ‘जब म होशमा आए, डाक्टरले मलाई भियाग्राको सहायताले होशमा ल्याइएको बताए । सुरुमा मलाई यो सब मजाक लाग्यो। तर, उनले भने, ‘वास्तवमा मलाई भा’य’ग्रा’को भा’री डो’ज दि’इ’एको थियो ।

मोनिका एनएचएस लिंकनशायरमा कोरोना बिरामीहरूको उपचार गर्थिन्। यसै क्रममा उनलाई अक्टोबरमा संक्रमण भयो । बिस्तारै उनको स्वास्थ्य झन् बिग्रन थाल्यो, र ग त पनि बान्ता हुन थाल्यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । त्यहाँबाट उनलाई चाँडै डिस्चार्ज गरियो।

तर घर पुगेपछि मोनिकालाई सास फेर्न समस्या हुन थाल्यो । त्यसपछि उनी सीधै लिंकन काउन्टी अस्पताल पुगिन् । त्यहाँ उनको उपचार सुरु भयो । तर उनको अक्सिजनको स्तर लगातार घट्दै गएपछि उनलाई आईसीयूमा भर्ना गर्नुपरेको थियो । १६ नोभेम्बरमा उनी कोमामा गएकी थिइन् ।

डाक्टरहरूले मोनिकाको उपचारको लागि फरक तरिकाले गर्ने विचार गरे र भि’या’ग्रा औ’ष’धिले उनको उपचार गरे। वास्तवमा, भि’या’ग्रा’को प्रयोगले र क्त सञ्चार सुधार गर्छ। भियाग्राले फोक्सोमा फोस्फोडिस्टेरेज इन्जाइमहरू उत्पादन गर्छ र र ग तका नसाहरूलाई फैलाएर फोक्सोलाई आराम दिने काम गर्छ।

मोनिकाले भनिन्, ‘भि’या’ग्रा’को औषधिले मेरो ज्यान बचायो । ४८ घण्टा भित्र मेरो फोक्सोले काम गर्न थाल्यो । मलाई दम पनि छ, जसका कारण मेरो अक्सिजनको मात्रा घट्दै गइरहेको थियो ।” अहिले मोनिका पहिलेको तुलनामा निको भई घरमै थप उपचार गरिरहेकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्