भखरै मोटरसाइकल दुर्घटना हुदा वीरबहादुरको मृत्यु, एकजना घाईते



मोटरसाइकल दुर्घटनामा परी तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–७ स्थित कलेस्ती निवासी ५२ वर्षीय वीरबहादुर दरै रहेका छन् ।

ग१५प ८४९५ नंको मोटरसाइकलमा सवार दरै सोही वडाको वडा कार्यालय नजिक नालीमा ख’स्दा घाइते भएका थिए ।

कलेस्ती बजारबाट करिब २०० मिटर दूरीमा पर्ने वडा कार्यालय नजिक नालामा ख’स्दा दरै सख्त घाइते भएका हुन् । दरैको उपचारका लागि तत्कालै दमौलीबजारस्थित रत्नहरि मेमोरियल अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही वडा निवासी ४२ वर्षीय मनबहादुर दरै दुर्घटनामा परी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । चालकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्