पृथ्वीनारायण शाहको ब’न्दु’क हेर्न पाइने



तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका ब’न्दु’क झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती ह’ति’या’रलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।

यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक ह’ति’यारको पनि अवलोकन गर्न पाइने भएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, “पृथ्वीनारायण शाहको निजी ब’न्दु’कका साथै त्यसबेला लु’टि’एका र नेपालमा बनेका केही ह’ति’यार प्रदर्शनीमा राख्ने भएका छौँ ।” सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खबर मंगलबारको गोरखापत्रमा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्