प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिलालाई गो’ली हानियो



पीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गो,ली हानेका छन् ।

गो,ली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ । सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।

रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गा,ली गर्दै मा,र्ने ध,म्की दिए ।’

 

‘मेरो ड्राइभरको कन्चटमा ब’न्दुक राखियो । यसो गर्दा जब मैले एकजनालाई चड्कन हिर्काएँ तब उनीहरुले मलाई गो,ली हाने । गो,ली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई का,लो झण्डा देखाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो र दुई दिनपछि उनले जमानत पाए । घटनाको एक महिनापछि सम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण उनी १७ डिसेम्बरमा लखनउमो कांग्रेसमा समावेश भइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्