विमानको शौचालयको भाँडोमा भेला पर्यो नवजात शिशु, २० वर्षीया युवती पक्राउ



काठमाडौ । विमानको शौचालयमा नवजात शिशु फेला परेका छन्। एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडो भित्र नवजात शिशु फेला पारेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ​

म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई ब च्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको बीबीसीले जनाएको छ। एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए। उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्‍याएका थिए।

उक्त ब च्चा की आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा ब च्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै ब च्चा जन्माएको पुष्टि भयो। अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ। उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्