‘पिर्के सलामी’वारे बोलिन् रामकुमारी झाँक्री, दिइन् यस्तो जवाफ



काठमाडौ । पिर्के सलामीु लिएर सामाजिक सञ्जालमार्फत चर्को आलोचना खेपेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले त्यसवारे आफ्नो भनाई सार्वजनिक गरेकी छन् । यस अघि यस्ता सलामीको आफै आलोचना गर्ने झाँक्रीकै सलामी लिएको तस्बिर सार्वजनिक भएपछि आलोचित भएकी थिइन् ।

तर उनले यो आलोचनाको विषय नभएको बताएकी छिन्। सोमबार निजी सचिवालयमार्फत मन्त्री झाँक्रीले कानुनअनुसार राज्यको एउटा अंगले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसर भित्र दिने सम्मानको सामान्य प्रकृया रहेको उल्लेख गरेकी छिन्।

गृह जिल्ला गुल्मीको भ्रमणमा रहेकी मन्त्री झाँक्रीले मदाने गाउँपालिका पुर्कोटदहमा रहेको इलाका प्रहरी कार्यालय निरीक्षणका क्रममा सलामी ग्रहण गरेको फोटो सार्वजनिक भएपछि आलोचना खेपेकी हुन्।

मन्त्री बन्नुअघि यस्तो सलामीको आलोचना गरेको ट्वीट र उनले सलामी लिएको दुबै फोटो राखेर सामाजिक सञ्जालमा अहिले चर्को विरोध भइरहेको छ।

प्रहरी कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन रहेछ। आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ।’

सचिवालयले स्पष्ट पार्दै लेखेको छ, ‘हामीसँग दुईवटा विकल्प थिए। पहिलो विकल्प प्रहरी कार्यालयको निरीक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम रद्द गर्ने। हामीले पहिलो विकल्प नै रोज्यौ,हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे। तर यो कुनै आलोचना विषय भने हैन।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्