एमाले अध्यक्ष ओलीले बालकोटमै खेतीपाती गरेर देखाए, प्रचण्ड अब कहिले जान्छन् कुटो कोदालो गर्न ?



काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरु गरेका छन् । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्यले निवासमा कौसी खेती सुरु गरेका हुन् । उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेती’ जानकारी गराइएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए । त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मल वारे विभिन्न जानकारी दिएका थिए ।

यता नेकपा माओवादी केन्द्रको महाधिवेशनले १५ दिन श्रम गर्नुपर्ने प्रस्ताव पास गरेकै बेला उता ओलीले भने आफुलाई कृषी कर्ममा जोडिसकेका छन् ।

नेपालमा धेरै राजनैतिक नेताहरु सतहबाट नै आएका छन् । राजनीतिको मूलधारमा आएपछि र लाभको पद लिएपछि उनीहरुको जीवनशैलीमा ब्यापक परिवर्तन आएको छ । यस्ता नेता मध्ये प्रचण्ड पनि एक हुन् । अहिले नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को अधिवेशन भर्खरै सकिएको छ ।

प्रचण्डले पेश गरिएको राजनीतिक प्रतिवेदनमा नेपाली परिवेशमा शान्तिपूर्ण प्रतिस्पर्धाबाट पनि समाजवादको आधार निर्माण गर्न सकिने उल्लेख छ । ‘नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय प्रणाली होइन, अपितु कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवादउन्मुख राजनीतिक प्रणाली हो । यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ,’ प्रतिवेदनमा भनिएको छ ।

मार्क्सवादीहरूले सूचना प्रविधिमा क्रान्तिदेखि डिजिटल युगको प्रारम्भसम्म विज्ञानका विभिन्न क्षेत्रमा भएका आविष्कारहरूलाई आत्मसात् नगरीकन २१औँ शताब्दीमा समाजवाद निर्माणको कल्पना पनि गर्न सकिँदैन । तर, यहाँ विज्ञान–प्रविधि होइन, मानव र श्रम नै उत्पादक शक्ति हो । विज्ञान–प्रविधिको विकास मानिसहरूको श्रमकै उपज हो र यसको कमान्ड गर्ने मानिस नै हो ।

विचारको बहसका लागि भन्दै अध्यक्ष प्रचण्डले ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज प्रस्तुत गरेका छन्। अब प्रचण्डसमेत कम्तिमा वर्षमा १५ दिन श्रममा जोडिनुपर्ने छ। उनले वर्षमा १५ दिन खेतबारीमा काम गर्नुपर्ने हुन्छ । के सांच्चै यो प्रतिवेदन अनुसार प्रचण्ड खेतमा गएर कुटो कोदालो गर्लान ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्