ओमिक्रोन पछी फ्रान्समा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट




एजेन्सी । फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । कोरोना संकटका बीच अर्को एउटा चिन्ता बढाउने खबर बाहिर आएको छ । ओमिक्रोनका कारण विश्वभर त्रासको अवस्था रहेको छ ।

तर, यसैबीच वैज्ञानिकहरुले कोरोनाको नयाँ भेरियन्ट आइएचयु पत्ता लगाएका छन् । यो भेरियन्ट आइएचयुे हालसम्म ४६ पटक रुप परिवर्तन गरिसकेको छ । यो मुल कोभिड भाइरस भन्दा बढी खोप प्रतिरोधी र संक्रामक हुने अनुमान गरिएको छ ।

डेलीमेलका अनुसार यो भेरियन्ट आइएचयु फ्रान्समा पत्ता लागेको हो । फ्रान्समा यो भेरियन्टबाट हालसम्म १२ जना संक्रमित भएका छन् । यो केश ती व्यक्तिहरुमा फेला परेको हो जो अफ्रिकाबाट फर्किएका क्यामारुनीहरु हुन् । १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको छ ।

फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोलीले उक्त भेरियन्टबारे अध्ययन गर्नका लागि तयारी गरेको बताइएको छ । नयाँ भेरियन्टबारे अध्ययन गरिरहेको टिमको प्रमुख प्रोफेसर फिलिप कोलसनले परीक्षणका क्रममा यो भेरियन्टलाई खोपले कम असर गर्ने सम्भावना रहेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्