कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्या’न मा’र्ने ध’म्की !



काठमाडौं– कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गो’ली हा’न्ने ध’म्की दि’एका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गराएको भन्दै गो’ली हा’न्ने ध’म्की दि’ए’का हुन् ।

सरुवाको खबर पाएपछि आ’क्रो’शि’त भएका एसपी पाण्डे सोमबार मध्यरात करिब साढे १ बजेतिर जिल्ला प्रहरीकै भ्यान लिएर धनगढीमाई नगरपालिका– ९ जिरोमाइलस्थित सभापति यादवको घर पुगेका थिए । सभापति यादवका अनुसार त्यसअघि पाण्डेले साढे १० बजेतिर फोनबाटै ध’म्क्या’एका थिए ।

‘खाना खाएर सुत्ने तर्खर गर्दैगर्दा साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो सरुवा गराइदिनुभएछ, म आउँदै छु, अब देखाइदिन्छु भन्दै ध’म्या’एका थिए,’ यादवले भने, ‘सरुवा भएको आ’क्रो’श होला भन्ठानेर म सुत्न गएँ ।

करिब साढे एक बजेतिर ठुल्ठूलो स्वरमा कराइरहेको सुनेर म ब्युँझिएँ । घरको आँगनमा आएर एसपी पाण्डेले गालीगलौज गरिरहेका थिए । वेलावेलामा पेस्तोल निकालेर बाहिर निस्किन ध’म्क्या’उँदै थिए । मैले तत्कालै गृहमन्त्री र सिराहाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर त्यो सुनाएँ ।’

गृहमन्त्री र सिडिओलाई खबर गरेपछि करिब दुई बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले जानकारी दिए । पाण्डेको सरुवामा आफ्नो कुनै भूमिका नरहेको पनि उनले बताए ।

गत ११ कात्तिकमा किसन धामीको ह’त्या’मा सं’ल’ग्न र’हे’को आरोपमा पक्राउ परेकालाई छुटाउन यादवले दबाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग साँठगाँठ गरी सरुवा गराएको एसपी पाण्डेले आफूनिकटहरूलाई बताएका थिए ।

धामीको ह’त्या आ’रो’पमा प्रहरीले सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । यादवले भने पक्राउ परेकाहरूलाई छुटाउन कुनै दबाब नदिएको दाबी गरेका छन् । मध्यरातको घटनाबारे बुझ्न खोज्दा एसपी पाण्डे सम्पर्कमा आउन सकेनन् ।

उनी सोमबार नै रवाना लिएर हिँडिसकेकाले घटनाबारे आफूले केही बताउन नसक्ने डिएसपी सुवास बुढाथोकीले बताए । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरुवा भएका थिए ।

सिराहाका प्रजिअ लालबाबु कवारीले घटनाबारे गृह मन्त्रालयबाट छानबिन थालिएको जानकारी दिए । ‘घटनाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएको थियो । टोलीले जिल्ला सभापति यादवसँग भेटघाट गरेर फर्किएको छ,’ प्रजिअ कवारीले भने, ‘छानबिन चलिरहेको छ । नयाँ पत्रिका दैनिकमा समचार छ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्