आफुभन्दा २० वर्ष जेठा आदित्यसंग लिभ इन रिलेसनमा रहेकी कंगना रनावतले लगाइन् यस्तो आरोप




एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत बेलावेलामा चर्चामा आइरहन्छिन् । कुनै बेला कंगना आफु भन्दा २० वर्ष ठूला बलिउड अभिनेता, निर्देशक तथा निर्माता आदित्य पञ्चोलीसंग लिभ इनमा थिइन् । आदित्य पंचोलीको जन्म ४ जनवरी १९६५ मा मुम्बईमा भएको थियो । आदित्य पञ्चोलीले फिल्मी दुनियाँमा आउनुअघि नै आफूभन्दा ६ वर्ष जेठी जरिना वहाबसँग विवाह गरेका थिए ।

विवाहपछि आदित्यलाई फिल्म मिले र जरिना गृहिणी भइन् । आदित्यका छोरा सूरज पंचोली हुन् जसले सलमान खानको फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गरेका थिए । आदित्य पञ्चोली यस्तो अभिनेता हुन् जो फिल्मभन्दा विवादका कारण बढी चर्चामा छन् । कंगना रनौतसँगको उनको अफेयर यस्तो मोडमा टुङ्गियो कि संसारमा चर्चा भयो ।

कंगना जब इन्डस्ट्रीमा आफ्नो करियर बनाइरहेकी थिइन्, तब उनी आदित्य पञ्चोलीसँग रिलेशनशिपमा थिइन् । कंगनाले एक अन्तर्वार्तामा आफू नाबालिग हुँदा आदित्यले उनलाई कसरी ब न्ध क बनाएका थिए भन्ने खुलाएकी छन् । आदित्य कंगनाभन्दा जेठो मात्र नभएर विवाहित पनि थिए ।

कंगनाले उनीहरु श्रीमान्–श्रीमतीजस्तै गरी रहेको बताइन् । हामी पनि यारी रोडमा घर बनाउने योजनामा ​​थियौँ । साथीको घरमा पनि तीन वर्ष सँगै बस्यौं। कंगनाले आफूले प्रयोग गरेको फोन आदित्य पंचोलीको पनि भएको बताएकी थिइन् ।कंगनाले आदित्यमाथि दु र्व्य व हार गरेको आरोप लगाएकी थिइन् । पछि, अभिनेताले कंगनालाई झु टो आरोप लगाएकोमा कानुनी कारबाही गरे।

२०१७ मा कंगनाले अभिनेता आदित्य पञ्चोली विरुद्ध प्रहरीमा उ जु री दिएकी थिइन्, जसमा दुर्व् य व हारको आरोप लगाइएको थियो। आदित्यले आफ्नो वास्तविक पहिचान महेश भट्टको फिल्म ‘जख्मी जमीं’बाट पाएका थिए । उनले तकीब, जोडीदार, आंखे, ये दिल आशिकाना, बाजीराव मस्तानी, यस बोस जस्ता धेरै सुपरहिट फिल्महरूमा काम गरे। उनको करियर ८० र ९० को दशकमा फस्टाएको थियो। उनले अधिकांश चलचित्र सहायक कलाकारको रुपमा गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्