रेशम चौधरीको पाटीले सार्वजनि गरेको घोषणापत्र यस्तो छ



काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नागरिक उन्मुक्ती पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जातीय भेदभावको पूर्ण अन्त्य, बिभिन्न अन्तराष्ट्रिय सन्धी/सम्झौताको पूर्ण पालना गर्न/गराउर्न झकझकाउने सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पहिचानसहितको संघीयता निर्माणका लागि पार्टी गठन भएको बताए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य योगेन्द्र घिसिङले ६ महिनाभित्र रेशम चौधरीलाई जेलबाट छुटाउने दाबी गरे ।

उनले देशलाई परिवर्तनको नेतृत्व गर्ने पार्टीको आवश्यकता रहेको भन्दै त्यो आवस्यकताको पूरा गर्न रेशम चौधरीको सोच र योजनाका साथ नागरिक उन्मुक्ती पार्टी जन्मिएको पनि दाबी गरे । साथै, उनले संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने जिम्मेवारी रहेको बताउदै आवश्यकता हेरेर संविधान संशोधनबारे पार्टीले आवाज उठाउने बताए ।

पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले यो पार्टी थारुको मात्र पार्टी नभएर न्यायको पार्टी भएको बताएका थिए । आफुहरले रेशम चौधरीकै नाममा दल दर्ता गर्न चाहेपनि कानुनत नमिलेपछि रेशम चौधरीको श्रीमती रंगिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नयाँ दल दर्ता गरिएको स्पष्ट पारेका छन् । ‘अब हामी संगठन बिस्तारका काम गर्नुपर्नेछ’–उनले भने ।

रेशम चौधरी राजनीतिमा आए आफुलाई घाटा हुन्छ भन्ने डरले केही व्यक्तिहरुले फसाएको उनको आरोप थियो । ‘२०७२ भदौं ७ गते टिकापुरमा घटना घटेको थियो । जुन आफैमा दुःखद् घटना घटेको थियो । थारुहरुका ८२ वटा घर ज लेर न ष्ट भएका छन् । त्यहाँ त्यो समयमा अखण्ड सुदुरपश्चिमको मागसहितको आन्दोलन पनि भइरहेको थियो । तर, थारुलाई मात्र संकटकाल लगाइयो । थारुले जनमत पाएपनि प्रमाणपत्र दिइएको छैन् । सरकारले विभेद गरेको छ । उहाँलाई तत्काल रिहाइ गर्नुपर्छ’–उनले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्