चौथो औद्योगिक क्रान्तिका लागि भियतनामले खोज्‍यो भारतको साथ



भियतनाम- भारतको एक्ट इस्ट नीतिको मुख्य आधारस्तम्भ भनेको भियतनाम हो। भारतले भियतनामलाई एक बृहत रणनीतिक साझेदारीको रुपमा विभिन्‍न अवसरहरुको ढोका खुला गरिदिएको छ।

बृहत रणनीतिक साझेदारीको पाँचौं वर्षको अवसरमा भियतनामको राष्ट्रिय सभाका प्रमुख भुओङ डिन हुइले भारत भ्रमण गरेका छन्। उनले भारत भ्रमणका क्रममा चौथो औधोगिक क्रान्तिका लागि भारतको साथ आवश्यक भएको बताएका छन्।

उनले भारतीय सञ्‍चारमाध्यमसँग कुराकानी गर्दै कोभिड-१९ ले सामाजिक तथा आर्थिक क्षेत्रमा विभिन्‍न पक्षहरुलाई निकै ठूलो नोक्सानी पुर्‍याएको उल्लेख गर्दै भारतको सहयोगको प्रशंसा गरेका हुन्।

उनले भारतको राज्यसभाका उपप्रमुख, लोकसभाका सभामुखलगायतसँग पनि भेटवार्ता गरेका हुन्। उनले दुई मुलुकबीचको कोभिड-१९ नियन्त्रणका लागि भएको सहकार्य निकै महत्वपूर्ण भएकोसमेत बताएका छन्।

उनले आफ्नो भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेलेको र अब दुबै मुलुकहरुले प्राप्त गरेका अवसरहरुलाई राष्ट्रिय हितमा लगाउने र सहकार्यलाई बढाउनुपर्ने बताएका छन्।

उनले भारतसँग लगानी, श्रम, शिक्षा, स्वास्थ्यउपचा, उत्पादन, सुरक्षालगायतका क्षेत्रमा सहकार्य बढाउनका लागि पनि आफ्नो भ्रमण महत्वपूर्ण भएको बताएका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्