‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !



काठमाडौं : बलिउड कमेडियन कपिल शर्मा यो समय निकै त’नावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले भाइरसको शि’कार भएकी छन् । सुमोनालाई संक्रमण भएपछि कपिल केही त’नावमा देखिएका छन् ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।

यस्तै भारतम संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।

यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि संक्रमित छन् ।

उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए ।

भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि संक्रमण दर बढ्ने क्रम जारी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्