काठमाडौंबाट पक्राउ परेका ब्याक्ति जस्ले प्रहरीलाई नै ……



काठमाडौं : प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मा’प’से गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर लु’टपा’ट गर्न खोज्ने ६ जनाको स’मूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर पैसा मागेको र नदिए ज्या’ ‘न मा’ ‘र्ने ध’ ‘म्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लु’टपा’टमा सं’लग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्