महराविरुद्ध रोशनी शाहीले किन खोलिन् फा’यर ?, जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड सुरक्षित रहेको दाबी


banner

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले एकपछि अर्को फा’यर खोलेकी छिन् । उनले महरालाई ध’ ‘म्की समेत दिने गरी दुई दिनयता सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् ।

महराविरुद्ध रिट दायर गरी पछि आफै फिर्ता गर्न पुगेकी शाहीले अदालतमा समेत निर्दोष रहेको बयान दिएकी थिइन् । तर, माओवादी केन्द्रको पदाधिकारी चयनको ठिक पूर्व उनले महराविरुद्ध लेख्न थालेकी छिन् । जसमा महरालाई उन्मुक्ति दिन गरेको सम्झौताको विषय समेत छ ।

रोशनी शाहीले मङ्गलबार फेसबुकमा लेख्दै महरालाई जेलबाट छुटाउन बाचा कसम उनका छोरा राहुल महराले गरेको लेखेकी छिन् । आफूसँग बाचा कसमका रेकर्ड सुरक्षित रहेको समेत लेखेकी छिन् । फेसबुकमा उनको चर्को आलोचना हुनेगरी प्रतिक्रिया आउन थालेपछि आफू सत्य लेख्ने जसले जे कमेन्ट गरेपनि मतलब नगर्ने उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले रिया क्षेत्रीविरुद्ध पनि लेखेकी छिन् । रियाको फोटोसमेत राखेर महराको जोई बन्न खोजेको टिप्पणी गरेकी छिन् । रिया क्षेत्री प्रेस सेन्टरकी हुन् । उनीविरुद्ध रोशनीले फेसबुकमा फोटोसहित गम्भीर विषय लेखेकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्