नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको लागि नयाँ नियम आउंदै




काठमाडौँ । गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायको न्यूनतम पेन्सन अ’वधि समान बनाउने तयारी अघि बढाएको छ । नेपाली सेनामा रहेको प्रावधानअनुसार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अ’वधि समान किसिमको बनाउने तयारी भइरहेको हो ।

गृह मन्त्रालयको प्रस्तावअनुसार पेन्सन अवधिबारे मन्त्रिपरिषद्को वि’धेयक समितिमा समेत छलफल भएको छ । समितिले निर्णय गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री संयोजक रहेको मन्त्रिपरिषद् विधेयक समितिमा गृहमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री युवा तथा खेलकुदमन्त्री सदस्य हुनुहुन्छ ।

समितिका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सुरक्षाकर्मीको पेन्सन अवधिबारे समितिमा छलफल भएको जानकारी दिनुभयो । “पेन्सन अवधि १६ बनाउने र पदपूर्ति गर्दा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुलाबाट गर्ने प्रस्तावबारे छलफल भएको छ । ” उहाँले दुवै प्रस्ताव निर्णय गर्नुपूर्व लोकसेवा आयोगको सहमतिसमेत आवश्यक पर्ने भएकाले सहमतिका लागि आयोग पठाइएको जानकारी दिनुभयो ।

मन्त्री बडूले सुरक्षाकर्मीको न्यूनतम पेन्सन अवधि १६ वर्ष कायम गर्ने र २० वर्ष पुगेपछि मात्र पेन्सन लिन पाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले आवश्यक परे बेग्लै कानुन बनाएर भए पनि समान पेन्सन अ’वधि कायम गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा समान द’र्जामा कार्यरत सुरक्षाकर्मीको न्यूनतम पेन्सन अवधि २०६० अघि भर्ना हुने र त्यसपछि भर्ना हुनेका लागि फरक फरक छ । नेपाली सेनामा रहेको यस्तै प्रकारको व्यवस्था गत वर्ष मात्र ह’टाइएको थियो । सरकारले सुरक्षा निकायमा कार्यरत कर्मचारीको समान सुविधा उपलब्ध गराउने नीतिअनुरूप गृह मन्त्रालयले जुनसुकै समयमा भर्ना भए पनि अ’वकाशको अ’वधि समान गर्न लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले नेपाली सेनासरह अन्य तीनवटै सुरक्षा निकायहरूमा दर्जाअनुरूप समान पेन्सन अ’वधि कायम गर्ने गरी वि’धेयक तर्जुमा गरिएको जानकारी दिनुभयो । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले सहायक सेनानी र सोभन्दा माथि महारथी (प्रधानसेनापति)सम्म २० वर्ष, सुवेदार १९ वर्ष, जमदार १८ वर्ष, प्रमुख सुवेदारसम्म १७ वर्ष र सिपाही, फलोअर्सदेखि हुद्दासम्मकाले १६ वर्ष सेवा अ’वधि पूरा गरेपछि पेन्सन पाउने व्यवस्था सेनामा लागू भइसकेको जानकारी दिनुभयो । गोरखपत्र

यो पनि :  बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् ।

रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला काठेखोला गाउँपालिका–६, बिहुँका किसानलाई भ्याइनभ्याई छ । किसानकै सक्रियतामा खुलेको बिहुँकोट साना किसान कृषि सहकारी संस्थाले बगानमा रहेको एक तिहाइ सुन्तला गर्मीयामका लागि भण्डारण गर्दैछ । बिहुँकोटमा रहेको शीतभण्डारमा भण्डार गर्ने सुन्तला किसानले पहिलो चरणमा टिप्दैछन् । ३० टन क्षमताको शीतभण्डार भरिएपछि व्यापारीले सुन्तला खरिद गर्न पाउने किसान बालानन्द कँडेलले बताउनुभयो ।

“किसानहरुको सक्रियतामा चलेको सहकारी पहिलो प्राथमिकतामा छ, त्यसपछि हामी व्यापारीलाई सुन्तला बगान दिन्छौँ”, उहाँले भन्नुभयो, “अब फुल्ने बेला हुनै लाग्यो, सबै सुन्तलाका बोट खाली गर्नुपर्छ ।” बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

बिहुँबाट वर्षेनी करोडौँको सुन्तला निर्यात हुन्छ । यहाँका किसानले करिब ३० हेक्टर जमिनमा सुन्तला लगाएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । यो वर्ष पनि एक मेट्रिक टन सुन्तला फलेको किसानको अनुमान छ । सहकारीले प्रतिकिलो रु ५० का दरले किसानको सुन्तला खरिद गरेको छ । एक मेट्रिक टन सुन्तला बजार पुग्दा रु पाँच करोड बिहुँ भित्रिने किसानको आशा छ । “प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,” किसान कँडेलले भन्नुभयो, “उत्पादक किसानकै सहकारी भएकाले गर्मीयाममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै दामासाहीले पाउँछन् ।”

सहकारीलाई केही सस्तो मूल्यमा बिक्री गरेका किसानले व्यापारीलाई भने केही मूल्य बढाएर बिक्री गर्ने योजना बनाएका छन् । काठमाडौँ, धादिङ, पोखरा र भैरहवाबाट आएका व्यापारीले बिहुँमै बसेर सुन्तला कुरेको किसान बलानन्द कँडेलले बताउनुभयो । बिहुँको सुन्तला अन्य ठाउँको भन्दा रसिलो हुने भएकाले व्यवसायीले यहाँको सुन्तलामा बढी चासो दिने गरेको अनुभव किसानको छ ।

यहाँका किसानले खेतबारीमा रहेका रूखहरु फँडानी गरेर सुन्तलाको बगान थप व्यवस्थित बनाएका छन् । बगानमै पुग्ने डोके व्यापारीले यहाँको सुन्तला मङ्सिरदेखि नै सडक छेउमा राखेर बिक्री गर्दै आएका छन् । उनीहरुले समेत बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्ने गरेका छन् । परम्परागत खेती छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका किसानले पुराना बिरुवाको कलमी र नयाँ बिरुवा रोप्ने कामलाई समेत निरन्तरता दिएको वडाअध्यक्ष कँडेलले बताउनुभयो ।

काठेखोला गाउँपालिकाले बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गर्दै आएको छ । “हामीले एक वडा एक उत्पादनअन्तर्गत बिहुँमा सुन्तला उत्पादनलाई प्रोत्साहन गरेका छौँ, बिहुँको सुन्तला पनि हाम्रो गाउँपालिकामा आम्दानीका स्रोतमध्येको एक हो,” गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “किसानलाई बिरुवा, मल, प्रविधि र कीटनाशक औषधिमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्