खसी चोरको बिगबिगी : २ बजे राति घर बाहिरको ढोकामा ताल्चा लगाएर गोठबाट खसी चारे




बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’

दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चोरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँ’धे’को खसीको दुई वटा खुट्टा का’टे’र मा’रे’को अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँ’धे’को खसी का’टे’र लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।

यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्