राष्ट्रपतिको बगैँचामा रहेको हरिणको आ’क्र’म’णबाट सेना जवानको मृत्यु



राष्ट्रपति निवासभित्र रहेको बगैँचामा हरिणको आ’क्र’म’णबाट एक सेनाको मृत्यु भएको छ। ४२ वर्षीय सेर्जेन्ट भिक्टोर आइज्यासीको हरिणको मृत्यु भएको हो।

दक्षिण अमेरिकी मुलुक पाराग्वेको राजधानी असुनसियन नजिकै रहेको राष्ट्रपति निवासमा रहेको सो हरिण भारतले उपहारस्वरुप पाराग्वेलाई दिएको थियो। उपहारस्वरुप राष्ट्रपति निवासमा राखिएको सो हरिणको आ’क्र’मण’बाट आफ्ना सेनाको मृत्यु भएको पाराग्वेको सेनाले जानकारी दिएको छ।

राष्ट्रपति निवासको सीसीटीभी फुटेजमा देखिएअनुसार आ’क्र’म’णमा पर्नुअघि ती सेना हरिण नजिक गएका थिए। लगत्तै उनीमाथि हरिणले आफ्नो सिङले आ’क्र’म’ण गरेको थियो। आ’क्र’म’णपछि गम्भीर घाइते बनेका भिक्टोरलाई उपचारका लागि सैनिक अस्पताल पुर्‍याइएको थियो। उपचार हुनुअघि नै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

जंगली हरिणहरु सो बगैँचामा छोडिएकाले र आफूमाथि आ’क्र’म’ण हुनसक्ने डरले हरिणले उनीमाथि आ’क्र’म’ण गरेको हुनसक्ने सेनाका प्रवक्ता कोलोनियल भिक्टोर युर्दापिलेटाले बताएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्