ओली भेट्न बालकोट पुगे कांग्रेस नेता पौडेल



काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका लागि बालकोट पुगेका छन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका पौडेल प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बुधबार साँझ बालकोट पुगेका हुन् । पौडेल साँझ ६ बजे बालकोट पुगेको र करिब १ घण्टा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

पौडेलले प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेका जनाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् । देउवा आफै बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतको भनाइ छ । दुई नेताबीच आजको छलफल सकारात्मक भएको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्