आजदेखि आइतबारसम्म यी प्रदेशमा वर्षा हुने, चिसो बढ्ने


banner

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चि, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी वायु) नेपाल प्रवेश गर्दै गरेको र यो आइतबारसम्म रहने हुन्छ। मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबार राति या आइतबार बिहानसम्म देशभर फैलन्छ।

महाशाखाका अनुसार आज बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आज राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्