नेकपा एमालेको बरिष्ठ व्यक्तिको निधनले पार्टी स्तब्ध




काठमाडौं : नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृ’द’याघा’तबाट निधन भएको छ। जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ।

उनको गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए। रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन्।  उनी भोलि हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए। रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ।

नेकपा एमाले पार्टी द्वरा समवेदना प्रकट

हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निमप्रसाद रोकाको २०७८ पुस २१ गते ४७ बर्षको उमेरमा हृ’दय’घा’तबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ । कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ । दु:खको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्