मोदीलाई बीच सडकमै यस्तो आपत ….



नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कम्जोरी बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए । केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको ह -त्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री अजय मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा अजय मिश्रका छोरा आशिष मिश्रले जथाभावी चलाउँदा चार जना मा’रि’एका थिए । अजयले सुनियोजित ढंगले किसानको ह – त्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।

मोदीको सवारी २० मिनेट जाममा पर्‍यो, कंग्रेसले भन्यो – कुर्सी खाली भएपछि फर्किए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो ।भारतीय गृहमन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ ।

कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए ।पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ ।

तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्‍यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् । कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्