मन्त्री चढेको गाडी दुर्घटना, ६ जना घाइते




सप्तरी। प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ। बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिकामा राज्यमन्त्री सवार गाडी दुर्घटनामा परेको हो ।

सप्तरीको विष्णुपुर गाउँपालिका-६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो ।

राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक प’ल्टि’एर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चो’ट’पट’क ला गे को सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताउनुभयो ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको ह’त्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते ह’त्या भ’ए’को थियो । दुवै जनाको ह’त्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्