सलमान खानले किन कहिल्यै खोल्दैनन् यो ब्रासलेट, कारण थाहा पाएर पर्नुहुनेछ दंग




काठमाडौं । बलिउड स्टार सलमान खान भारतमा मात्र नभई विश्वका धेरै स्थानमा परिचित छन् । उनका सबै जसो फिल्म बलिउडमा सफल भएका छन् ।उनले खेलेको फिल्मको कमाइको अनुमान रिलिजहुनुभन्दा पहिला नै सय करोडभन्दा बढीबाट शुरु हुन्छ । यसै बिच सलमानको नीजि जीवनको बारेमा पनि धेरैलाई चासो हुन्छ । तर, उनले लगाउने गरेको ब्रासलेटको रहस्यबारे भने धेरै मानिसहरु अनजान छन् ।

सलमान खान कहिले पनि आफ्नो बाला ९ब्रासलेट० फुकाल्दैनन् । किनकी उक्त ब्रासलेट उनलाई उनका बाबुले दिएका हुन् । जुन एक विशेष रत्नबाट बनेको छ । यसको चौडाइ १ दशमलव ७५ सेन्टिमिटरको छ र यसको करिब एक सय ग्राम रहेको छ । आफ्नो फिल्मको सुटिङमा पनि उनी त्यसलाई फुकाल्दैनन् ।

सलमान खानका फ्यानहरुका अनुसार उनको सफलताको कारण ब्रासलेट हो । त्यसैले उनी यसलाई फुकाल्दैनन् । त्यसका साथै फिरोजा रत्न मजबुत ब्रह्माण्डीय गुण भएको शक्तिशाली रत्न हो । यो कारणले पनि उनले उक्त ब्रासलेट आफूसँगै राखेका हुन् । यो ब्रासलेटको मूल्य करीब ९० हजार देखि १ लाखसम्म पर्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्