काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला र पुरुषको मृत्यु



ललितपुर महानगरपालिका–१० कुपण्डोलमा बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठो’क्कि’एर दुर्घटना भई सख्त घाइते तामाङको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दुर्घटनाबाट मोटरसाइकल चालक गोदावरी नगरपालिका–७ बुरुमचुलीका ३६ वर्षीय दिपेश तामाङ घाइते छन् । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

त्यस्तै कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा घाइते भएका छन्। स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको कलंकीको सब वे मा प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सबार धादिङ घर भइ काठमाडौँको नैकाप बस्ने २७ वर्षीय सोफिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक गोरखा घर भएका ३१ वर्षीय रामशरण ढकाल घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्