अब प्रचण्डलाई भेट्न नपाइने, सचिलालयले जारी गर्यो यस्तो सूचना



काठमाडौ । संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि भेटघाट रोकेका छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई संक्रमण देखिए पछि उनी पनि जोखिममा परेका हुन् ।

प्रचण्डले कोभिड संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोकेका छन्। पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोभिड पुष्टि भएको छ। साथै प्रचण्डले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने भएका छन्। आठौं महाधिवेशनबाट प्रचण्ड फेरि अध्यक्ष भएपछि बधाई तथा शुभकामना दिनेहरू खुमलटार जाने क्रम बढेको थियो। संक्रमण जोखिम हुने भएकोले भौतिक रूपमा भेटघाट बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,ु प्रचण्डको सचिवालयले भनेको छ।

साथै भिडभाड नगर्न र सचेतना अपनाउन पनि प्रचण्डको सचिवालयले सबैमा अनुरोध गरेको छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत् हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय संवाद, भेटघाट, बैठकलाई प्रविधिको प्रयोगमार्फत् सहजिकरण गर्नेछौं,’ सचिवालयले भनेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्