भारतमा यस्तो घटना भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो



काठमाडौ । पछिल्लो समय भारतमा बढ्दै गएको कोभिडको कारण प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात लगानी सम्मेलनमा जाने देउवाको कार्यक्रम स्थगित भएको छ । आयोजकले कोभिडका कारण कार्यक्रमनै स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण रोकिएको हो ।

गुजरात सरकारले आगामी सोमबारदेखि आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिड संक्रमण बढेको भन्दै स्थगित भएको घोषणा गरेको छ । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो । सम्मेलनमा नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने कार्यक्रम थियो ।

भारतमा कोभिड संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २६ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ८ जनाको ज्यान गएको छ। मुम्बईमा मात्र १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२१८ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने ८० जनालाई अक्सिजन आवश्यक परेको मुम्बई राज्य सरकारले जनाएको छ। मुम्बईमा पछिल्लो २४ घन्टामा संक्रमित हुने संख्या ११ हजार २०६ दोस्रो लहरको कोरोनामा सर्वाधिक संक्रमित हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्