एमालेलाई ठूलो शोक, गुमायो पार्टीका नेता



काठमाडौ । नेकपा एमालेलाई ठूलो शोक परेको छ । नेकपा एमालेका रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ। हृदय घा तबाट ४७ वर्षीय रोकाको बुधबार निधन भएको एमालेले विज्ञप्ती मार्फत जानकारी गराएको छ । रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

‘हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निमप्रसाद रोकाको ०७८ पुस २१ गते ४७ बर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ,’ एमालेले पार्टीको फेसबुक पेजमार्फत् जानकारी दिँदै भनेको छ, ‘कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ। दुस्खको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ।’

यो पनि सत्तारूढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।
बैठक मुख्यगरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित रहेको थियो।

यही माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। सत्तारूढ गठबन्धनमा रहेका ५ दलले भागबन्डा गरेर उम्मदेवार उठाएका छन् भने नेकपा एमालेलगायत १२ दल पनि यो निर्वाचनमा भाग लिनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले समन्वय समिति गठन गरेको थियो। पौडेल नेतृत्वको यो समितिको दोस्रो बैठक आज बालुवाटारमा बसेको थियो।

दुई महिनाको अन्तरालमा गठबन्धनमा रहेका शीर्ष नेताहरूमध्येबाट समन्वय समिति संयोजक चयन गर्ने सहमति छ। आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनभित्र रहेका दलका नेताहरू सहभागी थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्