आमा बित्दा छोराहरू आउँदै आएनन्, छोरीहरूले गरे अन्तिम संस्कार !


banner

एजेन्सी । हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ। पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छन्।

भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृत्यु भयो। उनको दाहसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।

श्रीमानको मृत्युपछि जातिले निकै दुःख गरेर छोराछोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरूलाई पढाइन्। तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्नसमेत आएनन्।

मृतक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्यघाटसम्म पुर्‍याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको शव आफैंले लैजाने निर्णय गरेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्