चर्चित अभिनेत्री किमको ३१ वर्षको उमेरमै निधन



एजेन्सी । चर्चित दक्षिण कोरियाली अभिनेत्री किम मि सूको निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । ३० वर्षीय किम मि सूको निधनको कारण भने अहिलेसम्म थाहा नभएको कोरियाली ट्याब्लोइड ओसेनले लेखेको छ।

ुस्नोड्रप नामक सिरिजबाट चर्चा कमाएकी किम मि सूको निधनको पुष्टि उनले काम गरिरहेको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले गरेको हो। कम्पनीले विज्ञप्ति जारी गरी उनको निधनबारे जानकारी दिएको हो।

किम मि सू मोडल समेत थिइन्। उनले सन् २०१८ मा लिपस्टिक रिभोलुसन सिरिजबाट अभिनय थालेकी थिइन्। यसमा सहायक भूमिका मात्र खेले पनि उनको अभिनयको निकै चर्चा भएको थियो।

यसपछि उनी सन् २०२० मा ‘हाइ, बाइ मामाु सिरिजमा देखा परिन्। यसमा उनी प्रमुख पात्रकी बिहिनीका रूपमा देखा परेकी थिइन्। यसबीच पनि उनले केही कार्यक्रममा काम गरिन्। उनलाई सबभन्दा धेरै चर्चा भने हालसालैको स्नोड्रप कार्यक्रमले नै दिएको थियो।

किमको एजेन्सीले भनेको छ, ‘अभिनेत्री किम मी सूको जनवरी ५ मा निधन भएको छ । एक्कासी दुखद खबरले परिवार स्तब्ध भएको छ।ू

एजेन्सीले अभिनेत्रीको मृत्युको बारेमा अफवाह फैलाउनबाट जोगिन पनि मानिसहरूलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ूहामीले यस दुखको घडीमा शोकसन्तप्त परिवारले मि(सूलाई सम्झन सकून् भनेर अफवाह वा अड्कलबाजी नगर्न अनुरोध गर्दछौं। एजेन्सीले किमको अन्तिम संस्कार उनको परिवारको इच्छा अनुसार शान्तिपूर्ण रुपमा गरिने जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्