भारतीय मन्त्रिपरिषद्को निर्णय : दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बन्ने




काठमाडौं, २२ पुस – नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउन का लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

दिल्लीमा संक्रमण तिव्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या उच्च गतिमा बढेको छ ।

नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् । प्रदेशमा अब संक्रमणदर १५. ३४ पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

१ जवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्