अन्ततः पक्राउ परे गुण्डाका यी दुई नाइके



जिल्ला प्रहरी कार्यालयले गु’ण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।

महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गु’ण्डागर्दी शैलीमा ध’म्क्या’उने, कु’टपि’ट गर्नेलगायत कार्यमा सं’लग्न’ता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई ध’म्क्या’उ’ने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पु¥याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई ‘मुलुकी अ’परा’ध संहिता–२०७४ को प’रिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य–सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्